Logo

सिमाका विषयमा बोल्दा वर्षा राउत विवादमा



काठमाडौ, जेठ ११ । अभिनेत्री वर्षा राउत अहिले विवादमा तानिएकी छिन् । मनिषा कोइरालामाथी खानिएका भारतीयको पक्षमा बोल्दै उनले नेपालीहरुले आफ्नो भुमि हो भन्दैमा झगडा गर्न नहुने बताएकी हुन् ।

वर्षाले आफ्ना भारतमा भएका साथीहरुको चिन्ता व्यक्त गर्र्दै एक अन्र्तवार्तामा यस्तो अभिव्यक्ति दिएकी हुन् । उनले दुई देशका पत्रकारले झन ठुलो समस्या बढाएको भन्दै सरकारी तवरबाट समाधान गरिनु पर्ने धारणा राखेकी थिइन् । उनी समय समयमा विवादमा तानिरहन्छिन् ।

यसअघि पनि अष्ट्रेलियामा २०१९ मा चलिचित्र जात्रै जात्राको विशेष शोमा उनले लगाएको पहिरनको कारण पनि विवादमा आएकी थिइन् । वर्षाले आफ्नो गल्ती महसुस गर्दै नेपाल–भारत सीमा विवादको बारेमा आफुले दिएको अभिव्यक्ति प्रति माफी माग्दै सामाजिक सञ्जालमा लामो धारणा स्पष्टसँग राखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्