Logo

विदेशमा रहेका १ सय १४ जना नेपालीको कोरोनाले मृत्यु



जेठ ११, काठमाण्डौ । कोरोनाले जुन देशमा मृत्यु भयो, त्यही देशको तथ्याङ्कमा गणना हुन्छ । त्यसैले होला, विभिन्न देशमा कोरोना लागेर मृत्यु भएका नेपालीको विषयमामा खासै चर्चा हुँदैन ।

२ सय १३ वटा देशमा फैलिएर विश्वव्यापी महामारीको रुप लिएको कोरोनाले अहिलेसम्म ३ लाख ४५ हजारभन्दा बढिको मृत्यु भइसकेको छ । तिमध्ये विभिन्न मुलुकमा रहेका १ सय १४ जना नेपाली पनि मृत्यु हुनेको सुचिमा परेका छन् । अर्थात कोभिड–१९ संक्रमणका कारण शनिवार साँझसम्म मृत्यु हुने नेपालीको संख्या १ सय १४ पुगेको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो हप्ता विभिन्न देशमा थप १९ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायतमा दुई दुई तथा संयुक्त राज्य अमेरिका, कतार र कुवेतमा एकएक नेपालीको यो साता निधन भएको हो । एनआरएन स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६५ गैरआवासीय नेपालीको मृत्यु भएको छ । त्यसैगरी युएइमा १८ जना नेपालीको निधन भएको छ । त्यस्तै, अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ ।

यसैगरी साउदी अरबमा सात, नेपालमा तीन तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन, कतार र कुवेतमा एकएक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको जनाइएको छ । स्वास्थ्य समितिको तथ्यांकानुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका छन् । ४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपाली १६ प्रतिशत छन् । बाँकी आठ प्रतिशतको उमेर समूह खुलेको छैन ।

विश्वभर १२ हजार २ सय ३७ जना नेपाली कोरोनाबाट संक्रमित छन् । तीमध्ये मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोपमा १० र एशियामा पाँच प्रतिशतमा संक्रमणमा देखिएको छ । संक्रमितमध्ये चार हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट उपचारपछि निको भएका छन् ।

स्वास्थ्य समितिका अनुसार कतारमा करिब ७ हजार, अमेरिकामा एक हजार ६ सय, बेलायतमा एक हजार २३०, साउदी अरबमा एक हजार ३६४, युएईमा पाँच सय, बहराइनमा ३११, कुवेतमा ८४, मलेसियामा ५५, पोर्चुगलमा ४२, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानडामा १८, अष्ट्रेलियामा १२, माल्दिभ्समा १६, जापानमा १०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा पाँच, जर्मनी र फिनल्याण्डमा चारचार, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्टा, हङ्गकङ्ग, पोल्याण्ड र रुसमा दुईदुई तथा म्यानमा, रोमानिया र फ्रान्समा एक नेपालीलाई कोरोना संक्रमण भएको छ ।



प्रतिक्रिया दिनुहोस्