Logo

नेपालमा कति जनाको भयो कोरोना परिक्षण ? यस्तो छ तथ्याङ्क



जेठ ११, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल १ लाख ३८ हजार ८ सय ४१ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ४८ हजार ८ सय १५ जनाको पिसीआर परीक्षण र ९० हजार २६ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट ३ हजार ७ सय ९१ वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४७ वटा परीक्षण भएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा करिब १ हजार कमी हो ।

अहिलेसम्म प्रदेश एकमा १०२५४, प्रदेश दुईमा ६३४४, बागमति प्रदेशमा २२८११, गण्डकी प्रदेशमा ७७०१, प्रदेश पाँचमा १३२६७, सुदूरपश्चिम प्रदेशमा २० हजार ६ सय १० र कर्णाली प्रदेशमा ९०३९ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा ३९ हजार ८ सय ४ जना रहेका छन् । बागमति प्रदेशमा सबैभन्दा कम जम्मा ५ सय ६२ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा धेरै प्रदेश पाँचमा करिब १९ हजार ५ सय २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

आइतबार साँझ ५ बजेसम्म प्रदेश एकमा ६०, प्रदेश दुईमा १६६, बागमति प्रदेशमा २४, गण्डकी प्रदेशमा ३, प्रदेश पाँचमा २४७, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ९ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । त्यसैगरी अहिलेसम्म ८७ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमध्ये प्रदेश एकमा २६, प्रेदशमा दुईमा १३, बागमति प्रदेशमा ९, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा ३२ र सुदुरपश्चिम प्रदेशमा ५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ९ जना निको भएर घर फर्किएका हुन् ।



प्रतिक्रिया दिनुहोस्