Logo

कोरोनाविरुद्वको खोप आउने निश्चितप्राय, अमेरिका या चीनबाट पहिलोपटक उत्पादन हुने संकेत



एजेन्सी, ११ जेठ । अमेरिकी कम्पनि मोर्डनाले कोभिड १९ को भ्याक्सिनको परीक्षणमा सफलता हासिल गरिरहेको जनाएको छ । उसले भविष्यमा उत्पादनको तयारी समेत गरिसकेको छ । यो खबर आएको केही दिनमै चिनियाँ कम्पनी क्यान्सिनो वायोलजिक्स इंकले कोरोनाविरुद्वको खोपको सफलता प्राप्त गरेको दाबी गरेको छ । खोपले मानिसका लागी सुरक्षीत र प्रभावकारी रहेको दाबी कम्पनीले गरेको हो । खोपको नाम ‘एडि फइव’ (एन.कोभ) राखिएको हो । कोरोनोले फाल्ने प्रोटिनलाई मार्न सक्ने गरी खोप निर्माण गरिएको जनाइएको छ ।

तीब्र गतीमा फैलिरहेको कोरोना संक्रमण र यसको मृत्यु दरमा खोपले कमी ल्याउन सक्ने दाबी कम्पनीको रहेको छ । खोप प्रभावकारी र लामो समयका लागी उपयुक्त रहेको कम्पनीले जनाएको छ । लकडाउनको अवस्थामा विश्व नै रहेको छ । सम्पूर्ण देशहरु पुनः सञ्चालन गर्ने सक्ने प्रतिबद्वता कम्पनीले व्यक्त गरेको छ । खोपले भाइरसको संक्रमणमा रोक लगाउने र संक्रमित व्यक्तिको प्रतिरक्षा प्रणालीको विकास गर्ने जनाइएको छ । उक्त परिक्षण केहि मानिसमा मात्र गरिएको र खोप परिक्षण ठूलो संख्यामा गर्न बाकी रहेको जनाइएको छ ।

केहीदिन अगाडी मात्र अमेरिकी कम्पनी मोर्डनाले आफ्नो खोप प्रभावकारी रहेको जनाएको थियो । खोप निर्माणको दौडमा सम्पूर्ण देशहरुले तीब्र गतीमा काम गरिरहेको छ । अहिलेसम्म १०० वटा प्रकारका खोप निर्माण भइ परिक्षणको दायरामा रहेको छ । त्यसमध्ये चिनियाँ कम्पनीले आफ्नो अग्रसरता देखाएको छ ।

यसैगरी, सिनोभेक बायोटेक लिमिटेड कोरोनाविरुद्धको खोप विकासको दोस्रो चरणको काम गरिरहेको छ । कम्पनिले रिसर्चलाई गति दिनका लागि मात्र डेढ करोड डलरको आर्थिक कोष प्राप्त गरेको छ । बेइजिङको डाजिङमा भ्याक्सिन प्लान्ट निर्माण शुरु गरिसकेको छ । सिनोभेकले प्रतिवर्ष १० करोड भ्याक्सिन डज उत्पादन गर्ने क्षमता राख्दछ ।

मे महिनाको पहिलो हप्ता दोस्रो चरणको क्लिनिकल परीक्षणमा सिनोभेक प्रवेश गरिसकेको छ । अब तेस्रो चरणको परीक्षण सँसारभर गर्नेबारे समेत छलफल गर्न लागेको छ । विश्व स्वास्थ्य संगठनसँग मिलेर परीक्षण गर्ने तयार गरेको चिनियाँ पत्रिका ग्लोबल टाइम्सको अनलाइन संस्करणमा भनिएको छ ।

१५ मे मा विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार सँसारभर १०८ कम्पनिले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासमा काम गरिरहेका छन् । जसमध्ये चीनबाट चार कम्पनि छन् । सिनोभेकले जतिसक्दो छिटोसँग कोरोना भाइरसको भ्याक्सिन उत्पादन गर्न गति लिइरहेको छ ।

तर, चिनियाँ वैज्ञानिकहरुले सन् २०२० भित्रै भ्याक्सिन विकास भइसक्नेमा आशंका व्यक्त गरेका छन् । ग्लोबल टाइम्सले चिनियाँ वैज्ञानिक झाङ वेनहोङले ग्लोबल टाइम्सलाई उदृत गर्दै भ्याक्सिन सन् २०२१ को शुरु समय अगावै नआउने अनुमान गरेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्