Logo

बीरगंजमा एकै परिवारका १८ जना संक्रमित निको भएर डिस्चार्ज



जेठ ११, काठमाण्डौ । आइतबार बेलुका पर्साका एकै परिवारका १८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।

बीरगञ्जस्थित नाराययणी अञ्चल अस्पतालबाट २ महिनाका बालकसहित १८ जना कोरोना भाइरसलाई पराजित गरी डिस्चार्ज भएका हुन् ।

नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत उनीहरु बीरगञ्ज महानगपालिका–३ का स्थानीय बासिन्दा हुन् ।

गत वैशाख २४ गते कोरोना पुष्टि भएका उनीहरू एकै परिवारका ४ महिने शिशुदेखि ६६ वर्ष उमेरका ११ पुरूष र ७ महिला छन्। उनीहरूको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

यसअघि पनि शनिबार जेठ १० गते नारायणी अस्पतालमा उपचार गराईरहेका ९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका थिए।

नारायणी अस्पतालको आईसोलेशनमा उपचार गराईरहेका ६२ जना मध्ये १८ जना निको भई घर फर्केका हुन् ।

नेपालमा उपचारपछि निको हुनेको संख्या १ सय ५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्