Logo

कोरोना कहरमा स्वास्थ्यकर्मी ‘धन्न हामीलाई कोरोना सरेन’



काठमाडौँ, १२ जेठ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध स्वास्थ्यकर्मी अग्रमोर्चामा लडिरहेका छन् ।

मोर्चामा स्वास्थ्यकर्मी स्वयं कोभिड–१९ को सिकार भइरहेकै छन् । यद्यपि दृढ आत्मविश्वाससाथ मोर्चाको नेतृत्व सम्हालिरहेका स्वास्थ्यकर्मीको अनुभव कस्तो छ ? दैनिक बढ्दै गएको सङ्क्रमणलाई कसरी सम्हालिरहेका छन् ? सङ्क्रमितको पहिलो सम्पर्कमा आउने स्वास्थ्यकर्मी उच्च जोखिममा छन् ।

सङ्क्रमणको जोखिमबाट आफ्नो सुरक्षा, नमुनाको जाँच, सङ्क्रमितको हेरचाह कसरी भइरहेको छ ? नेपालको पछिल्लो तथ्याङ्क अनुसार ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भाइरस परीक्षण प्रयोगशालामा नमुना सङ्कलनको चाप र आइसोलेसनमा सङ्क्रमणका शङ्कास्पद बिरामी बढ्दै छन् ।

घर र परिवारको चिन्ता एकातिर छ । महामारीले सुम्पेको जिम्मेवारी अर्कोतिर छ । टेकु अस्पतालको आइसोलेसन वार्ड इन्चार्ज बेली पौडेलले पहिलो केस त व्यक्तिगत स्वास्थ्य सामग्री बिना नै छोएका थियौँ, धन्न हामीलाई केही भएन उनले भने । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्