Logo

कोरियाली भाषा परीक्षा अनिश्चित



काठमाडौँ, १२ जेठ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत रोजगारीका लागि दक्षिण कोरियामा जाने उम्मेदवारका लागि कोरियाली भाषा परीक्षा अनिश्चित बन्दै गएको छ ।

कोरियाको मानव संसाधन विभाग (एचआरडी) कोरियाले २०२० जेठको अन्तिममा लिने भनेको भाषा परीक्षा कोभिड १९ कारण रद्द भएसँगै भाषा परीक्षा अनिश्चित बनेको हो । कोरिया भाषा परीक्षा तथा सीप परीक्षण कहिले हुन्छ भन्ने यकिन नभएको एचआरडीले जनाएको छ ।

एचआरडी कोरियाका अनुसार अब हुने परीक्षा उत्पादनमूलक क्षेत्रका लागि मात्र हुने योजना रहेकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष भाषा परीक्षामा उत्तीर्ण हुनेको सङख्या घट्ने अनुमान गरिएको छ । २०१९ को भाषा परीक्षामा कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमूलक गरी दुई विधामा परीक्षा भएकाले १० हजार रोजगारीका लागि झन्डै एक लाखको हाराहारीमा आवेदन परेको थियो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्