Logo

राष्ट्र र राष्ट्रियताप्रति हलुका शब्द प्रयोग गरेकोले अहिले सजाय पाईरहेको छु, म देशको लागि ज्यान दिन तयार छु : वर्षा राउत (भिडिओसहित)



काठमाडौं, १२ जेठ । चर्चित नायिका वर्षा राउतले आफूले एक शब्दपनि नेपाल र नेपालीहरुको विरुद्धमा नबोलेको स्पष्ट पारेकी छिन् । नेपाल भारत सिमा विवादको सवालमा आफूले कुटनीतिक रुपमा दुवै देशका अधिकारी बसेर वार्ता गर्नुपर्ने धारणा राखेको पनि उनको भनाई छ । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलसँग कुरा गर्दै नायिका राउतले यस्तो बताएकी हुन् । उनले भनिन्-‘भोलि हाम्रो भूमि रक्षाको लागि मर्नुपरेपनि म तयार छु । ज्यान दिन तयार छु । म यही देशमा हुर्किरहेको छु । विदेशको पिआर लिएको छैन्। यही देशमा बस्छु । यहीँ काम गरिरहेको छु । यही देशमा बाँच्छु, यही देशमा मर्छु । विदेशमा गएर बस्ने मेरो सोचपनि छैन् । जो जसले जे जे भनिरहनुभएको छ, त्यो १५ सेकेण्डको भिडिओले मिसकम्युनिकेशन भैरहेको जस्तो लाग्छ क्या । राष्ट्र र राष्ट्रियताप्रति हलुका शब्द प्रयोग गरेकोले मैले अहिले सजाय पाईरहेको छु ।’

तपाईको अन्तरर्वार्ता किन विवादमा पर्यो ? भन्ने धमलाको सुरुवाती प्रश्नमा उनले भनिन्-‘अब हेर्नुहोस मेरो ३० मिनेट लामो ईन्टरभ्यु थियो । त्यसमा १५ सेकेण्डको भिडियो राखेर, मैले बोलेको शब्दले मान्छेहरुको सेन्टिमेन्ट्सँग ठेस पुगेको छ । त्यसले गर्दा अलिकति विवादमा आईरहेकोजस्तो लाग्यो मलाई ।’

तपाईलाई त देशभन्दापनि भारतीय साथीहरुको बढि चिन्ता छ अरे नि ? आज भन्नुहोस त कसेको बढि चिन्ता छ ? साथीको कि देशको ? भन्ने धमलाको अर्को प्रश्नमा उनले थपिन्-‘हेर्नु अब कुन चाहीँ मान्छेलाई आफ्नो देशको माया लाग्दैन् र ? म पनि यही देशमा जन्मिए, यही देशमा हुर्किएँ । मलाई पनि देशको माया लाग्छ नि । मैले कुनैपनि ईन्टरभ्युमा ईभेन त्यो ईन्टरभ्युमा पनि मैले मलाई नेपालको माया लाग्दैन् भनेर भनेकै छैन क्या । म त्यो ईन्टरभ्युमा पनि नेपालकै पक्षमा बोलिरहेको थिएँ भने अहिलेको यो ईन्टरभ्यु होस या अरु जुनसुकै ईन्टरभ्यु होस म नेपालको छोरी हुँ । म नेपाललाई नै माया गर्छु ।’

उनले आफूले साथीको सवालमा बोलेको कुरा स्मरण गराउँदै भनिन्,’भारत र नेपालबीच एकदमै पूरानो सम्बन्ध छ । ऐतिहासिक सम्बन्ध छ । साथीको, मित्रताको सम्बन्ध छ । त्यो सन्दर्भमा जोड्न खोजेको थिएँ । यो सोसल वारहरुले गर्दा हाम्रो पूरानो मित्रतामा असर पर्न जान्छ भन्ने कुरामा मैले जोड दिन खोजेको थिएँ । तर, मैले बोल्दाखेरि अलिकति केही भाषा नमिलेको कारणले गर्दा अहिले जनताहरुले अलिकति नराम्रो रुपमा लिनुभएको हो ।’

आफूले भारतको पक्षमा नबोलेको र साथ पनि नदिएको राउतले स्पष्ट पारिन् । उनले भनिन्,’मैले के भनेको थिएँ भने नेपाल र भारत दुवै सरकारले मिलेर कुटनीतिक तवरले यो ईस्युलाई सल्भ गर्नुपर्छ भनेको थिएँ । हामीसँग एभिडेन्स छन् । प्रुफ छन् । त्यसले गर्दा झगडा गरेर हाम्रो सिमाना किन मिचिस भनेर भन्नै पर्दैन क्या । किनभने हामीसँग बलियो प्रमाण र तथ्यहरु छन् नि ।’

फरक प्रसँगमा राउतले लकडाउनको समयमा आफू घरायसी काममा नै व्यस्त रहने गरेको पनि सुनाईन् । उनले भनिन्,’घरायसी काम भनदादेखि अलिक बढि मय भान्साको काममा नै बित्छ । युट्युबमा कस्तो कन्टेन्ट हाल्ने भन्नेबारे ? सञ्जोगसँग छलफल हुन्छ । खाना पकाउने कुरा गर्दा म प्रायः सबै परिकार पकाउँछु । रेगुलर पकाउँछु । यसको अलावा टिभी हेर्ने, फिल्म हेर्ने गरेको छु । अहिलेसम्म आफ्नै चलचित्र हेरेको छैन् । मैले अहिलेसम्म ९ वटा चलचित्र गरें । मेरो लागि सबै चलचित्र उत्तिकै प्यारा छन् । जनताले मन पराउनुभएको मेरो विचारमा छक्कापञ्जा हो । जात्रैजात्रा पनि मनपराउनुभएको छ ।’ भिडिओ स्रोत : प्राईम टाईम्स टि.भी.युट्युब च्यानल/तस्विर-अमृत खतिवडा, प्राईम टाईम्स टेलिभिजन



प्रतिक्रिया दिनुहोस्