Logo

योगेश भट्टराईको उद्घोष : भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याएरै छाड्छौं (भिडिओसहित)



काठमाडौं, १२ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले भारतले अतिक्रमण गरेको नेपाली भूमि वर्तमान सरकारले फिर्ता ल्याएरै छोड्ने स्पष्ट पारेका छन् । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू २०५५ सालमा नै कालापानी गएको पनि स्मरण गराए ।

मन्त्री भट्टराईले सुनाए,’म २०५५ साल जेठ ३० गते विहान ११ः३० बजे हामी कालापानी पुगेका थियौं । कालापानी नेपालको हो भन्ने कुरा स्पष्ट नै छ । तर, त्यहाँ विगत लामो समयदेखि भारतीय सेनाले आफ्नो क्याम्प बनाएर बसिराखेको छ । भारतले आफ्नो भूमि हो भनेर दाबा गरिराखेको छ । बास्तवमा त्यो नेपालको भूमि हो । किनभने सुगौली सन्धिदेखि नै त्यसमा हामीले सिमाको बारेमा भन्यौं, पूर्वमा मेची नदी र पश्चिममा काली नदी । पश्चिमको काली नदी भनेको लिम्पियाधुराबाट निस्किने काली नदी हो । त्यो भन्दा पूर्वका भूभागहरु नेपालका हुन् । यो कुरा सुगौली सन्धिले स्पष्ट गरिसकेको छ । १९६२ तिर आउँदा भारतीयहरु आफ्नो सेनासहित त्यहाँ क्याम्प बनाएर बसेका अवस्था हो । त्यो नेपाली भूमि हो भनेर राष्टियस्तरमा स्थापित गर्नु, नेपालीहरुको बीचमा एउटा जागरण पैदा गर्नु, र अन्तर्राष्टिय समूदायमा पनि यो भूमि नेपालको हो भनेर स्पष्ट गर्ने उद्देश्यका साथ हामीले तत्कालिन विद्यार्थी संगठन अनेरास्ववियुको तर्फबाट जसको म अध्यक्ष थिएँ, त्यसको तर्फबाट काठमाडौंदेखि कालापानीको एउटा मार्च अभियान हामीले चलायौं, जुन काठमाडौंमा जेठ २२ गतेबाट सुरु भयो । जेठ ३० गते कालापानी पुग्यौं । हामी भारतीय सेना बसेकै ठाउँमा पुग्यौं ।’



प्रतिक्रिया दिनुहोस्