Logo

जेठभर लकडाउन हुने, असारबाट नयाँ मोडालिटीको तयारी



काठमाडौं, १२ जेठ । कोरोना भाइरसको संक्रमण झन फैलदै गएपछि सरकारले जेठभर लकडाउन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले लकडाउन खुकुलो समेत नबनाउने भएको हो ।

विश्वस्त स्रोतका अनुसार सरकारले जेठपछि नयाँ मोडालिटीको तयारी समेत गर्न थालेको छ । एकातर्फ कोरोना रोकथाम गर्नुपर्ने र अर्कोतर्फ आर्थिक गतिविधि पनि हुनुपर्ने भएकाले अप्ठ्यारो परिस्थिति बन्दै गएको छ । असारमा कृषि कर्मको चाप हुने हुँदा त्यस अघि नै सरकारले मोडालिटी बनाउने भएको छ ।

समुदाय र वस्तीमा कोरोना महामारी फैलन थालेपछि रोकथामका लागि लकडाउनलाई निरन्तता दिनुपर्ने सुझाव सरकारसम्म पुगेको छ । अर्कोतर्फ, लकडाउन कोरोना भाइरसभन्दा जोखिम बढाउने खालको भएबाट संकट बढ्दै गएको छ । यसबीच सरकारका जिम्मेवार अधिकारीहरु कस्तो कदम चाल्ने भन्नेबारे छलफल गर्न थालेको स्रोतले बतायो ।

यसैबीच, देशमा दिनहुँ ठुलो संख्यामा संक्रमित पत्ता लागेका छन् । आज विहान ७२ जना संक्रमित पत्ता लागेका छन् । जसमध्ये काठमाडौंको बाक्लो वस्ती भएका टोखा र बुढानिलकण्ठमा तीन जना छन् ।

सरकारले काठमाडौं भित्र प्रवेशमा निकै कडाई गरेको छ । तैपनि, मानिसहरु लुकिछिपी आउने जाने गरेपछि सचेतता बढाइएको छ । लकडाउनमा अत्यावश्यक सेवालाई अनुमति दिइएको छ । पासमा भने कडाई गरिएको छ । यो नीतिलाई सरकारले निरन्तरता दिने भएको छ ।-File Photo: Mukunda Kalikote: reportersnepal



प्रतिक्रिया दिनुहोस्