Logo

ईद उल फित्रमा घरमै नमाज पढिँदै (फोटोफिचर)



काठमाडौं, १२ जेठ । आज इस्लाम धर्मवालम्बीहरुले ईद उल फित्र मनाउँदैछन्। रमजान महिना सकिएको खुशीयालीमा एक-आपसमा शुभकामना आदानप्रदान गर्दै ईदको शुभकामना दिने गरिन्छ। आजको दिन मस्जिदमा पुगेर नमाज पढ्ने गरिन्छ। तर, यसपटक कोरोना भाइरसको प्रभावका कारण मस्जिदहरु सुनसान छन् । धेरैले घरमा नै नमाज पढे। मस्जिदहरुमा थोरै संख्यामा मात्रै मानिसहरु उपस्थित भएर नमाज पढेका थिए। हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले काठमाडौंका मस्जिदहरुमा पुगी तस्विर कैद गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्