Logo

नेपाल-भारत सिमा विवाद कसरी समाधान गर्ने ? यसो भन्छन् मन्त्री त्रिपाठी (भिडिओसहित)



काठमाडौं, १२ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले भारत सरकारले नेपालका लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समावेश गरेर नक्सा जारी गर्नेबित्तिकै नेपाल सरकारले ‘प्रोटेस्ट-नोट’ पठाएको स्मरण गराए । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,’त्यही बेलादेखि नै यो समस्या अझै अघि बढ्न खोजेको थियो । तर, यही कोरोनाकै महामारीको बीचमा भारतीय रक्षामन्त्री राजनाथ सिंहजीले जुन उद्घाटन गर्नुभयो, त्यसले गर्दा हामीलाई फेरि असह्यको अवस्थामा पुर्याएकै हो । नीति तथा कार्यक्रममा हामीले यी भूमि हाम्रो हो । र, सम्वाद गरेर प्राप्त गरेपछि नक्सा जारी गर्नेछौं भनेर राखेका थियौं । तर, अप्ठ्यारो कहाँ भयो भने भारतका सेनापतिले जब यस विषयमा कसैको उक्साहटमा नेपालले गरिरहेको छ भनेपछि अनि हामी बाध्य भएर अब त नक्सा जारी गर्नुपर्छ भन्ने निश्कर्षमा पुगेकै हो ।’ मन्त्री त्रिपाठीले नेपाल भारत सिमा विवाद वार्ता तथा सम्वादमार्फत नै हल गरिनेपनि विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्