Logo

इन्डोनेसियामा अलपत्र परेकी नेपाली युवतीको भारतद्वारा उद्वार



काठमाडौं, १२ जेठ । इन्डोनेसियामा एक्सचेन्ज प्रोग्राममा अध्यनरत नेपाली युवतीको भारतीय दूतावासले उद्वार गरेको छ । रतनगर ९, मोहना, चितवन घर भएकी सेविका ढकालको भारतीय सरकारले उद्वार गरेको हो । उनी भारतको हरियाणास्थित महाऋषि मार्कन्डे विश्वविद्यालयकी छात्रा हुन् । उनी त्याँहा बीबीए गरिरहेकी थिइन् ।

तीन महिनाका लागी एक्सचेन्स प्रोग्राममा इन्डोनेसियामा रहेको एयतलान्गा विश्वविद्यालयमा अध्यनरत रहेको जनाइएको छ । लकडाउनका कारण भारत सरकारले आफ्नो नागरिकको उद्वार गर्ने क्रममा नेपाली दूतावासको आग्रहमा उनको समेत उद्वार भएको हो ।



प्रतिक्रिया दिनुहोस्