Logo

यथास्थितिमा संविधान संशोधनको पक्षमा नउभिन देउवालाई दबाब !



काठमाडौं, १२ जेठ । सरकारले संविधान संशोधनका लागि संघीय संसदमा विधेयक दर्ता गरेको छ । यही जेठ ९ गते कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक दर्ता गरेकी हुन् । सरकारले नेपालको नयाँ नक्शाअनुसार निशान छाप समेटिने गरी संविधान संशोधनसम्बन्धी विधेयक ल्याउने निर्णय गरेको थियो । र, सरकारको तर्फबाट मन्त्री तुम्बाहाङ्फेले संसदमा संविधान संशोधन विद्येयक दर्ता गराएकी हुन् ।

नेपालको संविधानको धारा (९) को उपधारा (२) मा नेपालको निशान छाप अनुसूची-३ मा उल्लेख भएबमोजिम हुने व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुसारको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची-३ को निशान छाप अंकित नेपालको नक्सालाई नेपालको वास्तिवक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले नेपालको संविधानको अनुसूची-३ मा संशोधन गर्ने प्रयोजनका लागि यो संशोधन प्रस्ताव पेश गरिएको ‌संशोधन विधेयककको उद्देश्य र कारणमा उल्लेख गरिएको छ। यो स‌ंविधान संशोधनको दोस्रो प्रस्ताव हो। यसअघि जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्नका लागि स‌ंविधान संशोधन गरिएको थियो।

संविधान संशोधन प्रस्तावमा सबै दलको साथ र समर्थन रहने बुझिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने निर्णय गरिसकेको छ । तर, पछिल्लो समय कांग्रेस नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र सितादेवी यादवले यथास्थितिमा संविधान संशोधन प्रस्तावको पक्षमा कांग्रेस उभिन नहुने भन्दै सभापति देउवालाई दबाब दिएको स्रोतको दाबी छ । कांग्रेसभित्र यतिवेला जनता समाजवादी पार्टी, नेपालको मागपनि सम्बोधन गर्नेगरि संविधान संशोधन गर्नुपर्ने आवाजसमेत उठेको छ । जनता समाजवादीका नेताहरूले प्याकेजमै संविधान संशोधन गर्नुपर्ने माग राख्दै आएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्