Logo

एक मृतकसहित कोरोना भाइरसका ७ संक्रमित थपिए



काठमाडौं, १२ जेठ । देशमा कोरोना भाइरसको संक्रमित ७ जना थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या ६८२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एक थप मृतकसहित सातजना संक्रमित थपिएका हुन् । जसमध्ये ६०३ पुरुष र ७९ महिला छन् ।

आज थपिएका संक्रमितमा बाराका ७० वर्षीय मृतक वृद्ध छन् । यसका अलावा अछामका ३२ वर्षीय पुरुष, गुलरिया बर्दियाका २२ र २४ का र १८ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । पर्साका १८ र कलैया बारामा कार्यरत काठमाडौंका २८ वर्षीय पुरुष संक्रमित देखिएका छन् ।
यसअघि विहान ७२ जना संक्रमित थपिएका थिए ।



प्रतिक्रिया दिनुहोस्