Logo

यी हुन् कोरोना भाइरसबाट मृत्यु भएका ४ संक्रमित (विवरणसहित)



काठमाडौं, १२ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट चारजनाको मृत्यु भएको छ । आज थप एकजना मृतकको स्वाब परीक्षणबाट कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।

संक्रमित ७० वर्षीय वृद्धको ४ जेठमा मृत्यु भएका हो । वृद्धलाई जेठ २ गते अस्पतालमा भर्ना गरिएको र ३ जेठमा स्वाब परीक्षण गरिएको थियो । उनको ४ जेठमा मृत्यु भएको थियो ।

यसअघि तीनजना संक्रमितको मृत्यु भइसकेको छ । उनीहरुमध्ये गुल्मीका ४१ वर्षीय शिक्षकको ८ जेठमा निधन भएको थियो ।
बाँकेको नरैनापुरका पुरुषको ४ जेठमा निधन भएको थियो । सिन्धुपाल्चोककी सुत्केरीको २ जेठको राति निधन भई ३ जेठमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

कोभिड १९ बाट मृत्यु भएकाको सुची
१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको
२. बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।
३. गुल्मीका ४१ वर्षीय शिक्षक । ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका । जन्डिस समेत भएका उनको ८ जेठको विहान निधन भएको ।
४. बाराका ७० वर्षीय वृद्ध । क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा मृत्यु भई १२ जेठमा संक्रमण पुष्टि भएको ।



प्रतिक्रिया दिनुहोस्