Logo

प्रधानमन्त्री ओलीले भने- विदेशमा अलपत्र नेपाली ल्याउने प्रबन्ध मिलाइने



काठमाडौं, १२ जेठ । सरकारले विदेशमा रहेका नेपालीलाई ल्याउने भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका र नआइ नहुने नेपालीलाई ल्याउने निर्देशिकासहित प्रबन्ध मिलाइने घोषणा गरेका हुन् ।

विदेशमा रहरले नभई वाध्यताले नेपाली पुगेका हुन् भन्दै कोरोना जोखिमका बाबजुद देशभित्र ल्याएर चेकजाँचसहित व्यवस्थापन गरिने बताए । उनले भने, ‘देशबाहिर अलपत्र पर्नुभएका दाजुभाई तथा दिदीबहिनीलाई स्वदेश ल्याउनेछौं ।’

प्रधानमन्त्रीले छिमेकी भारतबाट ठुलो संख्यामा नेपाली नागरिक फर्किइरहेको र त्यसबाट पनि कोरोना भाइरसको संक्रमण फैलन योगदान पुर्याइरहेको बताए । उनले चेकजाँचको अभावमा धेरै संक्रमण फैलिएको समेत बताए ।

यसलाई दृष्टिगत गरी अब विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई ल्याउँदा आवश्यक चेकजाँच गर्ने व्यवस्था मिलाउने बताए ।



प्रतिक्रिया दिनुहोस्