Logo

संविधान संशोधनका लागि कांग्रेस तयार छ त ?



जेठ १२, काठमाण्डौ । सरकारले नयाँ नक्सा जारी गरेपछि निशान छाप परिर्वतन गर्नको लागि संविधान संशोधन गर्ने तयारी गरेको छ । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसदमा दर्ता गरेको उक्त प्रस्तावलाई समर्थन गर्ने वा नगर्ने भन्ने बारे आधिकारिक धारणा सार्वजानिक गर्न सकेको छैन । जसले कांग्रेस संविधान संशोधनको पक्षमा छैन की भन्ने आंशका उब्जाएको छ ।

नयाँ नक्सा प्रयोजनका लागि सरकारले संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको छ । संविधानमा भएको निशाना छापमा प्रयोग भइरहेको नेपालको नक्सा परिवर्तनका लागि संविधान संशोधन गर्न लागिको हो । संविधान संशोधन गर्नको लागि प्रतिनिधि सभा बैठकमा दुइतिहाइ बहुमत चाहिन्छ । जसको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित अन्य दलहरुको पनि सर्मथन चाहिन्छ ।

तर अहिलेसम्म प्रतिपक्षी दल नेपाली कांग्रेसले आधिकारिक रुपमा संविधान संशोधनको लागि समर्थन गर्ने वा नगर्ने भन्ने बारे निर्णय गर्न सकेको छैन । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने बताएका छन ।

हुन त आइतबार मात्रै कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । तर पदाधिकारी बैठकले यसबारे कुनै निर्णय गर्न सकेन । वरिष्ठ नेता पौडेलले प्राइम टाइम्स टिभीसँग कुरा गर्दै पदाधीकारी कुनै आधिकारिक निकाय नभएकाले पार्टीको केन्द्रिय समितिको बैठकले गर्ने निर्णय मात्रै आधिकारिक निर्णय हुने बताउँछन ।

अर्को कुरा गत शनिबार मात्रै मधसवादी दल जसले यसअघिदेखिनै आफुहरुको मुद्धा सम्बोधन नभएको भन्दै संविधान संशोधनको मुद्धा पटक–पटक उठाउदै आइरहेका छन् । शनिबार कांग्रेस र जनता समाजवादी पार्टीविचको बैठकमा जसपाले प्याकेजमै संविधान संशोधन गर्न सरकारलाई दवाब दिनुपर्ने भन्दै कांग्रेसको साथ मागेको थियो ।

यस विषयले पनि कांग्रेसले निर्णय गर्न अलमल गरेको होकी भन्ने विभिन्न टिकाटिप्पणी समेत सुरु हुन थालेको छ । दुई मधेसवादी दल तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपा मिलेर बनेको जनता समाजवादी पार्टीले भने आफुहरुले उठाएको मुद्धालाई समेत समेटेर प्याकेजमै संविधान संशोधन गर्नुपर्ने माग अघि सारेका छन् ।



प्रतिक्रिया दिनुहोस्