Logo

उपराष्ट्रपति पुनका नाति जन्मिए



काठमाडौं, १२ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोराबुहारीलाई पुत्रलाभ भएको छ । उनका छोरा दिपेश पुनकी पत्नीले आज पुत्रलाई जन्म दिएकी छिन् ।

उपराष्ट्रपति पुनका छोरा दिपेश पुनले आफूलाई पुत्रलाभ भएको बताएका छन् । उनले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको समेत जानकारी दिएका छन् ।

दिपेश पुन पनि राजनीतिमा सक्रिय छन् । लकडाउनको समयमा छोराको जन्मप्रति उनले खुशी व्यक्त गर्दै शिशुका अलावा पत्नीसहितको तस्बिर राखेका छन् ।-Photo Source: FB Page of Dipesh Pun



प्रतिक्रिया दिनुहोस्