Logo

छिप्रीदह–सेराखेत ढल निकासको काम शुरु



काठमाडौँ, १३ जेठ । रुकुम(पूर्व)को सिस्ने गाउँपालिका वडा नम्बर ६ छिप्रीदहमा बढ्दो प्रदूषण रोकी सुरक्षित राख्न तथा बस्न योग्य बनाउन ढल निर्माणको दोस्रो चरणको काम सुरु भएको छ ।

बढ्दो शहरीकरणका कारण उत्पन्न फोहोर छिप्रीदहमा मिसाइदिँदा दहको स्वरुप बिगिँरदै गएकाले छिप्रीदह–सेराखेत ढल निकासको कामलाई तीव्रता दिइएको हो । छिप्रीदह बजार व्यवस्थित नहुँदा बजार नै दुर्गन्धित भएको र घरमा उत्पादन भएको सबै फोहोर दहमा लगेर फाल्ने गरेको गुनासो आइरहेको छ । दह फोहोर तथा प्रदूषित भएका कारण ढल निर्माणको काम गर्ने योजनालाई अगाडि बढाइएको सिस्ने गाउँपालिकाले जनाएको छ ।

गत वर्ष नै न्यू प्लानेट इञ्जिनीयरिङ सर्भिस काठमाडौँले डिपिआर गरेको थियो । कुल रु आठ करोडदेखि नौ करोडसम्मको बजेटमा काम सम्पन्न हुने ढल निकासको काम अहिले गाउँपालिकाले छुट्याएको बजेटमा भइरहेको छ । ढल निकासका लागि गाउँपालिकाले रु २४ लाख बजेटमा पहिलो चरणको काम सम्पन्न गरिसकेको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्