Logo

भद्रगोलका ‘बेलासे’को फेसबुक स्ट्याटसः ‘कोरोना भाइरसबाट त मुक्ति पाइयो, अब भारतबाट कहिले मुक्ति पाइने हो।’



काठमाडौं, जेठ १३ । लोकप्रिय हास्य टेलिभिजन शृृंखला भद्रगोलमा निर्दोष भावका साथ यो संवाद बोलेर लोकप्रियता कमाएका कलाकार सुवास कार्की ‘बेलासे’ कोरोनालाई जित्न सफल भएका छन्।

तत्कालीन भद्रगोलका निर्मातासमेत रहेका कार्की सेवाका सिलसिलामा घरबाट कार्यालय र कार्यालयबाट घर आउजाउ गर्ने क्रममा किनमेलका लागि सपिङ सेन्टर जाने आउने गर्दा थाहै नपाई कोरोनाको शिकार भएका थिए।

उनी उपचारका क्रममा कोरोना देखिएपछि चिकित्सकको सल्लाहमा शुरूका केही साता लन्डनस्थित नयाँ निवासमै आइसोलेसनमा बसेका थिए भने पछि स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना भएका थिए।

उनीपछि उनकी पत्नी र सन्तानमा पनि कोरोना देखिएको थियो।कोरोनालाई जितेपछि भने सुवास परिवारसँगै रमाइरहेका छन्। ‘कोरोना भाइरसबाट त मुक्ति पाइयो, अब भारतबाट कहिले मुक्ति पाइने हो?’ कोभिड–१९ बाट तंग्रिँदै जाँदा सुवासले फेसबुकमा लेखेका छन्।



प्रतिक्रिया दिनुहोस्