Logo

लागूऔषध र कौडासहित पक्राउ



सुनसरी, १३ जेठ । लागूऔषध र कौडा समेतका सामान सहित ३ जना मंगलबार बिहान पक्राउ परेका छन् । कोशी गाउँपालिकाबाट नियन्त्रित लागूऔषध १ सय एमएलको डाईलेक्स डिसी ४७ बोतल, नाईट्रोसन ९० ट्याव्लेट, स्पास्मो प्रोक्सिभन २३ क्याप्सुल, कौडा २१ थान र प्लाष्टिकको खेलौनावाला पेस्तोल १ थान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका लौकहीका सोशिल साह, अमन कुमार साह र गणेश कुमार साह रहेका छन् । लकडाउनको निग्रानीको लागि खटिएको प्रहरीले गस्ती गर्ने क्रममा उक्त ठाउँस्थित बाँसघारीमा सागसब्जी बोक्ने झोला बोकेका उनीहरुलाई शंकास्पद अवस्थामा देखेर जाँच गर्न लाग्दा बोकेको झोला छाडेर भाग्न खोजेपछि नियन्त्रणमा लिई तलासी गर्दा उक्त नियन्त्रित लागूऔषध र अमनकुमारको साथमा उक्त प्लाष्टिकको खेलौनावाला पेस्तोल १ थान फेला परेको हो ।

उनीहरु उपर लागूऔषध मुद्धामा अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्