Logo

यी हुन् परिचय खुलाउने नेपालका पहिलो कोरोना भाइरसका संक्रमित (विज्ञप्तिसहित)



काठमाडौं, १३ जेठ । यी हुन् गुल्मी धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल । उनी नेपालमा कोरोना भाइरसको संक्रमण भएपछि आफ्नो व्यक्तिगत विवरण खुलाइहाल्ने पहिलो संक्रमित हुन् ।

देशमा ७७२ जना कोरोना भाइरसको संक्रमित भइसक्दा ७७१ जनाले आफ्नो परिचय खुलाएका छन् । खुलाएकी एक महिलाले पनि नीको भएर घर फर्किंदा मास्क लगाएर टेलिभिजन अन्तवार्ता दिएकी थिइन् ।

अध्यक्ष पोखरेलले १० जेठमा स्वाब परीक्षण गरिएकोमा कोरोना भाइरसको संक्रमणमा परेको पत्ता लागेको खुलाएका छन् । आफू धुर्कोट गाउँपालिका र सदरमुकाम तम्घास मात्र गएको अवस्थामा पनि संक्रमित भएको बताएका छन् ।

धुर्कोट गाउँपालिका अध्यक्ष पोखरेलले विज्ञप्ति नै जारी गरी संक्रमति भएपनि आफू सामान्य रहेको जानकारी दिएका छन् । आइशोलेशनमा पनि गाउँपालिकाको काममा लागिरहने बताएका छन् । उनले आज जारी गरेको विज्ञप्तिमा एकान्तवासका बखत समग्र धुर्कोट गाउँपालिकाको आगामी योजना र समृद्ध धुर्कोट निर्माणमा लागिरहने बताएका छन् । उनले भनेका छन्, ‘यस संक्रमणलाई मैंले अवसरका रुपमा लिएको छु ।’

पोखरेलले धुर्कोट गाउँपालिका कोरोना भाइरसको उच्च जोखिममा रहेको हुँदा प्राथमिक स्वास्थ्य केन्द्रबाट दिइन सेवा हाललाई बन्द गरिनुका साथै निश्चित क्षेत्र सिल गरिएको जानकारी समेत दिएका छन् ।-Photo Source: Facebook Page of Bhupal Pokhrel



प्रतिक्रिया दिनुहोस्