Logo

करिश्माले भनिन् –सोचाईमा परिर्वतन हुनुपर्छ



काठमाडौ, १३ जेठ । सदावहार सुन्दर अभिनेत्रीको परिचय बनाउन सफल नायिका हुन् करिश्मा मानन्धर । केही वर्ष अमेरिकामा बिताएकी करिश्मा हाल भने नेपालमै पति विनोध मानन्धरसँग बस्दै आएकी छिन् । उमेर ढल्कदै जाँदा उनी चलचित्रको साथसाथै राजनितिमा पनि सक्रिय भएकी थिइन् । पछिल्लो समयमा राजनितिबाट टाढीएकी करिश्मा सामाजिक कार्यमा अग्रसर छिन् ।

लकडाउनमा समस्यामा परेका धेरै मानिसहरुको साहारा बनेकी करिश्माले नकरात्मक असर मस्तिष्क सम्म पुग्न नदिएमा अनेकौ समस्याबाट टाढा रहन सकिन्छ भन्दै फेसबुकमा लेखेकी छिन्, ‘मस्तिष्कमा भएका सोचाइलाई शब्दमा परिवर्तन भएर प्रस्तुत हुन नदिनु !शब्दमा प्रस्तुत भएका भनाइको नकारात्मक असर मस्तिष्क सम्म पुग्न नदिएमा ! अनेकौं समस्या बाट टाढा रहन सकिन्छ ।’



प्रतिक्रिया दिनुहोस्