Logo

प्रेमिका लिन जाँदा लखेटी लखेटी भेरीमा खसालिएका थिए ६ युवक (भिडियोसहित)



काठमाडौ, १३ जेठ । विश्व जगतले २१ औं शताब्दीमा जातपातलाई शुन्यमा झार्दे गर्दा नेपालको जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षिय नवराज विश्वकर्माले भने अन्र्तजातिय प्रेम विवाह गर्न खोज्दा ज्यान नै गुमाउन पुगेका छन् । जातिय अन्र्तभेदले निम्तिएको घटनामा केटा दलित परिवारका थिए भने केटी ठकुरी परिवारकी थिइन् ।

विवाहको लागि केटीसँग कुरा भएर नै युवाहरु सोती गाउँ पुगेका थिए । स्थानीयले केटी उपल्लो जातको र केटा तल्लो जातको भएको कारण सामुहिक हत्या गरिएको हुन सक्ने बताएका छन् ।

जेठ १० गते शनिबार केटी लिन जाने भनेर १८ जना युवाहरुलाई लिएर मल्ल थर भएकी प्रेमिकाको घरमा जन्ती झै पुगका युवाहरुमाथी गाउँलेहरुले घरेलु हतियारसहित लखेटेका नवराजसंग सँगै गएका साथीले बताएका छन् । घरेलु हतियारले हानेर साथीहरुलाई मारेर भेरी नदीमा फालेको र उनी लगायत पाँच जना साथीहरु नदिको बीचमा थपक्क बसेकाले बाचेकोे बताए । विवाहको वारेमा परिवारको असहमति भएपनि केटा केटीबीच भागेर विवाह गर्ने सहमती भएको नवराजले साथीहरुलाई जानकारी दिएका थिए ।

मृतकका बुबाले गाउँका सबैले ढुंगा मुढाले हान्न थालेपछि अत्तालिएर ज्यान बचाउन खोलामा हामफालेको र खोलामा माथिबाट ढुंगाले हानेर छोरालाई मारेको बताएका छन् । केटीसँग भने त्यो दिन भेटघाट भएको थिएन् ।

एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा बदल्न धेरै पटक उनीहरुबीच कुरा भएपनि केटीको परिवारले नमानेको हुनाले रोकिएको थियो । छोराले बुहारी ल्याउने आसमा बसेका नवराजको परिवार छोरा भेरी नदीमा वेपत्ता भएको खवरले स्तब्ध भए र रुवावासी गर्न थाले । आफन्त र साथीहरु लिएर आफ्नी प्रेमिका लिन पुगेका नवराज कहिल्यै नआउने गरी अस्ताए । उनको शव आइतबार बिहान फेला परेको हो । उनीसँगै गएका टिकाराम सुनार ले पनि ज्यान गुमाउन पुगे । घाइतेहरुको चौरहजारी अस्पतालमा उपचार भइरहेको छ भने ४ जना अझै वेपत्ता छन् ।

पिडीत पक्षले जातकै कारण हत्या गर्नेलाई कडा कारवाही गर्नुपर्ने बताए । भेरी नगरपालिकाको मेयर चन्द्र प्रकाश घर्तीले घटनाको निष्पक्ष छानविन हुनुपर्ने बताए । घटनामा चौरहजारी नगरपालिकाका वडा अध्यक्षसहित १६ जनालाई नियन्त्रणमा लिएको छ । जातिय छुवाछुत विरुद्ध कानुन भएपनि अझैसम्म कार्यान्यन हुसकेको छैन । रुकुममा जातिय विभेद अन्त्य भइसक्दा पनि जिल्लामा भने अन्त्य हुन सकेको छैन । प्राइम टीभीको रिपोर्टमा आधारित



प्रतिक्रिया दिनुहोस्