Logo

यसकारण वर्षाको आक्रोश



काठमाडौ, जेठ १३ । नायिका वर्षा सिवाकोटीले हृदय देखि प्रेम गर्नु अपराध होइन्, हत्या गर्नु अपराध भएको बताएकी छिन् । उनले पछिल्लो समयमा घटेका सामाजिक घटनालाई नजिकबाट नियालीरहेकी छिन् ।

सामाजिक सञ्जाल मार्फत आफ्ना भावना अभिव्यक्त गर्दै आएकी वर्षा कडा स्वभावकी छिन् । उनी चित्त नबुझेको खण्डमा खरो रुपमा सामाजिक सञ्जालमा उत्रने गर्छिन् । वर्षाले आज प्रेम गर्नु अपराध होइन भन्दै फेसबुकमा लेखेकी छिन्, ‘ विश्व भनिनै रहन्छ, जात, वर्ग, लिङ केहि को भेद भाव छैन तर हामी त नेपाली होनि (एक्दम फरक ) शताब्दी भन्छ, २१ चरण मा पो छौ, उइलेको कुरा नगर, तर हामी नेपाली होनि (एक्दम फरक) प्रेम भन्छ, म अन्धो छु, मन मात्र हेर्छु तर हामी नेपाली होनि ,उपहार मा मृत्यु दिन्छौ (एक्दम फरक) खै कहिले सम्म नेपाली होनि भनेर गर्व गर्नु .. !! विरोध त सधै गरिन्छ तर येस्ता घटना पनि भैनैरहन्छ … के यो सब को अन्त्य कतै छ ?

हृदय देखि प्रेम गर्नु अपराध हैन,हत्या गर्नु अपराध हो ! ’



प्रतिक्रिया दिनुहोस्