Logo

केकी अधिकारीले भनिन्–मानवता हराउदै



काठमाडौ, १३ जेठ । नायिका केकी अधिकारीले हाल भइरहेको सामाजिक घटनाप्रति व्यंग गरेकी छिन् । उनले जातिय विभेदको कारण एक होनाहार युवाले ज्यान गुमाउन परेको तितो यथार्थ उठाउदै सामाजिक सञ्जालमा आक्रोस पोखेकी हुन् ।

आफ्नी प्रेमिकालाई साथीहरुसहित लिन गएका युवाले ज्यान गुमाएको समाचार शेयर गर्दै उनले फेसबुुकमा जसको लागि परिवर्तन हुनुपर्ने हो उस्को लागि जस्ताको तस्तै छ भन्दै फेसबुकमा लेखेकी छिन्, ‘के फुर्ति लाउनु समाज भनेर ? यस्तो छ हाम्रो समाज । यो हो वास्तविकता हाम्रो । परिवर्तित समाज रे । खै जसको लागि परिवर्तन हुनुपर्ने हो उस्को लागि जस्ताको तस्तै छ । अझ ध्वस्त छ यो समाज । यही समाजको अंश भन्न नि लाज हुने । मानवता नभएको समाज । छि । ’



प्रतिक्रिया दिनुहोस्