Logo

३१ औंला भएका बच्चा



कसैको हात खुट्टाको औला ६÷६ वटासम्म त सुनेकै हो, तर हात खुट्टामा गरेर जम्मा ३१ औलाको आश्र्चय लाग्दो घटना भने पहिलो पटक आएको छ । हाँन्ग काँन्ग नामका एक चार महिनाको बच्चाको कुल ३१ वटा औला छन् ।

यो बच्चाको हात १५ र खुट्टामा १६ वटा औला छन् । डाक्टरले यो समस्यालाई पालिडैक्टलिजम भनेका छन् । मानिस, कुकुर र बिरालोमा यो जन्मजात हुने गर्छ । यो भन्दा पनि धेरै औला भएको बच्चा पनि जन्मन सक्छ । यो समस्या हजार नवजात शिशुमा एकमा हुन्छ । हाँन्गका अभिभावकले अपरेसनको लागि पैसाको बन्दोबस्त गर्दैछन् ।

उनको आमाको पनि ६÷६ औला रहेको छ । हान्ग गर्भमा हुँदा आमालाई यो विषयमा चिन्ता लागेको थियो । हाल बच्चाको औलाहरु एक ढिक्का हुने क्रम बढ्दै गएकोमा आमा बुबा चिन्तित छन् । औला फाट्टिनु आवश्यक हुन्छ । यदि औला नभएमा कुनै चिजपनि हातले समात्न नसक्दा जीवन कठिन हुन्छ ।



प्रतिक्रिया दिनुहोस्