Logo

नसोच पछाडि हट्ला नेपाली….



डा. बिष्णु मुर्ती भट्टराई

डा. बिष्णु मुर्ती भट्टराई

हिजो आगनीमा बास मागी, आज तेही बाटो खानाउदै छौ तिमी
बिन्ति गरेउ पहिले तर ऐले, आफ्नै हो भनी कराउदै छौ तिमी

थिचो मिचो सहन त के हेर्न पनि सक्दैनन यि नेपाली आखा
निडर स्वभिमानी नेपाली लाइ फेरी एकपल्ट जगाउदै छौ तिमी

नेता चुन्ने, चिन्ने हामीले नै हो लखेट्न सक्छौ कुनै पनि बेला
दुइ चार नेता लाइ आफ्नो इशारामा के नाचाउदै छौ तिमी

सय मा छन नेता यहाँ बिर्सिएउ कि करोड मा छन जनता
केहि नेता लाइ त किनेउ होला तर नेपाली मन चिढाउदै छौ तिमि

अरु को सिमाना त जोगाउ छौ हामी यहाँ आफ्नै सिमाना मिचिदा
नसोच पछाडि हट्ला नेपाली झन झन अगाडि बढाउदै छौ तिमी



प्रतिक्रिया दिनुहोस्