Logo

६५ प्रतिशत पर्यटक मनोरञ्जनको लागि नेपाल आउने गरेको खुलासा



काठमाडौं,जेठ १४ । नेपाल आउने पर्यटक मध्ये ६५ प्रतिशत पर्यटक मनोरञ्जनको लागि आउने गरेको सरकारले मंगलबार जारी गरेको आर्थिक वर्ष २०७६÷७७ को आर्थिक सर्वेक्षणले देखाएको छ । उक्त तथ्याङक अनुसार पौष महिना सम्म मात्रै सात साल ७८ हजार एक सय ७३ विदेशी मनोरञ्जनको लागि नेपाल आएका देखिन्छन ।

त्यस्तै पदयात्रा र पर्वतारोहणको लागि १६ प्रतिशत, व्यापारकालागि साढे तीन प्रतिशत,औपचारीक कार्यालय सम्बन्धि कामले झण्डै साढे चार प्रतिशत, तीर्थ यात्राकालागि १४ प्रतिशत नेपाल आउने सर्वेक्षणले उल्लेख गरेको नागरिक दैनिकमा खवर छ ।

आर्थिक वर्ष २०७६÷७७ को फागुनसम्ममा पर्यटकको आगमनमासमेत वृद्धि भएको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ । सरकारद्वारा आर्थिक बर्ष २०७६÷७७ को फागुनसम्मका आर्थिक गतिविधिहरु, समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक÷परिसूचकहरुको अवस्था सार्वजनिक गर्दे सरकारले २०७५ को तुलनामा २४ हजार एक सय १९ विदेशी पर्यटक नेपाल आएको सार्वजनिक गरेको छ ।

उक्त सार्वजनिक तथ्ययाङक अनुसार २०७६ पुषसम्म ११ लाख ९७ हजार एक सय ९१ प्र्यटक नेपाल भित्रिएका छन भने २०७५को सोहि अवधिमा ११ लाख ७३ हजार ७२ विदेशी नेपाल आएका थिए ।

उक्त संख्यामध्ये हवाईमार्गबाट नौ लाख ९५ हजार आठ सय ८४ र स्थलमार्गबाट दुई लाख १३ हजार सात जना विदेशी नेपाल आएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्