Logo

बर्दियाको क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु



बर्दिया, जेठ १४ । बर्दियाको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको ज्यान गएको छ । जिल्लाको सदरमुकामस्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ५५ वर्षीय एक पुरुषको सुतेकै ठाँउमा ज्यान गएको हो ।
गुलरिया नगरपालिका–९ का बासिन्दाका उनी मजदुरीका लागि अछाम गएका उनी २ दिन अघि गुलरिया आएका थिए ।

उनको शव जिल्ला अस्पताल रहेको र कोरोना परिक्षणको लागि स्वाब संकलन गर्ने तयारी भइरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्