Logo

९० प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी



काठमाडौँ, १४ जेठ । नेपालमा ९० प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ ।

अर्थ मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा पाँच लाख आठ हजार २२० जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको पाइएको छ । आधारभूत सरसफाइको पहुँच शतप्रतिशत नागरिकमा पुगेको पाइएको छ । सन् २०१५ सम्ममा १५ प्रतिशतमा उच्च तथा मध्यमस्तरको गुणस्तरीय खानेपानी सेवाको पहुँच पुगेकामा अहिलेसम्म २१ प्रतिशत नागरिकमा पहुँच पुगेको छ ।

यो अवधिमा २१ शहरी तथा अर्धशहरी खानेपानी आयोजना सम्पन्न भएका छन् । यसबाट दुई लाख ६२ हजार ६८१ जनसङ्ख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवा पुगेको छ । सबै नागरिकलाई यस किसिमको खानेपानी पु¥याउनु अझै चुनौतीका रूपमा रहेको सर्वेक्षणले देखाएको छ । विसं २०७२ को भूकम्पका कारण एक हजार ३०० भन्दा बढी खानेपानी आयोजनामा क्षति पुगेकामा गत फागुनसम्ममा ५०८ आयोजनाको पुनःनिर्माण र पुनःस्थापना सम्पन्न भएको छ । यसबाट दुई लाख १३ हजार ९४२ जनसङ्ख्या लाभान्वित भएको पनि सर्वेक्षणले देखाएको छ ।

फागुनसम्ममा नै वाग्मती, गण्डकी र प्रदेश नं ५ मा ९२ प्रतिशतमा आधारभूत खानेपानीको पहुँच पुगेको पाइएको छ । त्यस्तै कणार्ली प्रदेशमा ८७ प्रतिशतमा मात्रै आधारभूत खानेपानीको पहुँच पुगेको छ । गत आवको अन्त्यसम्ममा आधारभूत खानेपानीको पहुँच पुग्ने जनसङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा बढी र कणार्ली प्रदेशमा सबैभन्दा कम थियो । गत असार मसान्तसम्ममा गण्डकी प्रदेशमा ९० दशमलव नौ प्रतिशतमा र कणार्ली देशमा ८७ प्रतिशत नागरिकमा खानेपानीको पहुँच पुगेको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्