Logo

प्रधानमन्त्रीले सिमा विवाद समाधान नभएसम्म भारत जान्न भन्नुभएको छैन : सुर्य थापा (भिडिओसहित)



काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भारतसँगको सिमा विवाद टुँगो नलाग्दा वा नेपालको भूभाग फिर्ता नहुँदासम्म प्रधानमन्त्री र मन्त्रीहरुले भारत भ्रमणमा नजाने भन्ने कुरा अफवाह भएको भनेर प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमै कुरा राखेको स्पष्ट पारेका छन् । उनले भने,’प्रधानमन्त्रीले हामी भारत भ्रमणमा जाँदैनौं भन्ने कुरा कतिपय सञ्चारमाध्यम, अनलाईन मिडियाहरुमा आएको छ, त्यो गलत हो । यो वार्ता, सम्वाद र कुटनीतिबाट नै समाधान गर्नुपर्ने विषय हो । यसलाई हामीले राजनीतिक तहमा, कुटनीतिक तहमा सम्वादको माध्यमबाट समाधान गर्छौं । यो नभनिएको कुरामा गलत रुपमा प्रचार गरिएको छ, यो चाहीँ यो चाहीँ होईन भन्ने कुरा प्रधानमन्त्रीज्यूले स्पष्ट गर्नुभएको छ ।’

मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । उनले भने,’प्रधानमन्त्रीले सिमा विवाद समाधान नभएसम्म भारत जान्न भन्नुभएको छैन् । यो गलत हो । यो त काम नपाएका अनलाईनहरुले गरेको दुस्प्रचार हो । प्रधानमन्त्रीज्यूको तर्फबाट, सरकारका कोहीपनि मन्त्रीज्यूहरुको तर्फबाट यस ढंगको अभिव्यक्ति सार्वजनिक छैन् । भनिएको छैन् । यस ढंगको कुरा सही पनि होईन । किनभने यो वार्ता, सम्वाद र कुटनीतिक पहलबाटै समाधान गर्ने विषय हो । विभिन्न चरणमा यस सम्बन्धमा छलफल गर्नुपर्ने हुनसक्छ । कुटनीतिक प्रतिनिधिमण्डलहरु आदानप्रदान गर्नुपर्ने हुनसक्छ । त्यसकारणले सञ्चारमाध्यमले गलत रुपमा दुस्प्रचार गरेको कुरालाई प्रधानमन्त्रीज्यूले सर्वदलीय बैठकमा स्पष्ट गर्नुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्