Logo

रुकुममा अन्तरजातीय प्रेम सम्बन्धका कारण युवाको हत्या, दोषीलाई कारबाही गर्न सांसदहरुको माग (भिडिओसहित)



काठमाडौं, १४ जेठ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातीय सम्बन्धलाई लिएर युवकको हत्या भएको छ । उक्त घटनामा संलग्न दोषीहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग उठेको छ । यो विषयमा हिजो संघीय संसदको दुवै सदनमा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ समेत दिईसकेका छन् । उनले पीडित परिवारलाई न्याय दिने र दोषीलाई कानूनी कारबाही गरेर छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यो अमानवीय घट्ना भएको अरु सांसदहरुले कुरा उठाएका छन् ।

मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसदद्धय महाप्रुसाद शर्मा र लक्ष्मी परियार, र दलित आयोगमा बसेर काम गरेका मान बहादुर नेपालीले पनि दोषीलाई कडा कारबाही गर्नुपर्ने आवाज उठाएका छन् । पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी परेको छ । तीमध्ये १२ जना पक्राउ परिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्