Logo

सरकारलाई डा. दिक्षितको प्रश्न : लकडाउन, लकडाउन भनेर अन्य रोगले नागरिक मार्ने ? (भिडिओसहित)



काठमाडौं, १४ जेठ । डा. समिरमणि दिक्षितले लकडाउनले अब मुलुक र जनतालाई फाईदा नगर्ने स्पष्ट पारेका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै दिक्षितले लकडाउन सुरुवाती दिनमा आवश्यक भएपनि अब पनि लकडाउन निरन्तरता दिनु सरकारको गम्भिर गल्ती भएको तर्क गरे ।

उनले भने,’भारतमा लकडाउन खुकुलोमात्रै होईन, आन्तरिक हवाईसेवा नै सञ्चालन नै भसक्यो, जबकी हाम्रो भन्दा धेरै संक्रमण र मृत्युदर हुन्छ । तर, खोल्यो त उसले । पाकिस्तानले खोल्न थालिसक्यो । जहाँ मृत्युदर धेरै छ । संक्रमितहरुको संख्या धेरै छ । उसले खोल्दैछ । श्रीलंकाले खोल्न सुरु गर्दैछ । भनेपछि हामी चाहीँ जहिलेपनि लकडाउन, लकडाउन, लकडाउन भनेर अन्य रोगले हाम्रा नागरिकलाई मार्ने ? यो गलत भैरहेको छ । यो अल्पविरामीलाई सरकारले पूर्ण विरामी बनाईरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्