Logo

एन्फाको कार्यसमिति बैठक जेठ १९ गते, वार्षिक बजेटबारे छलफल



काठमाडौं, १४ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) को यही जेठ १९ गते कार्यसमिति बैठक बस्ने भएको छ । एन्फाको संशोधित विधान अनुसार बैठक बस्नु ७ दिन अघि कार्य समिति सदस्यलाई जानकारी गराउनुपर्ने ब्यवस्था छ । सोही अनुसार एन्फाले आगामी सोमबारका लागि बैठक आह्वान गरेको हो ।

एन्फाले दिएको जानकारीअनुसार महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण भिडियो कन्फरेन्समार्फत बैठक बस्न लागेको जानकारी दिए । बैठकमा एन्फाको बार्षिक बजेट लगायतका ५ वटा एजेण्डा तय भएको छ । बैठकमा कोरोना प्रभावित जिल्ला, क्लब र व्यक्तिलाई प्रदान गरिने कोरोना राहतको बिषयमा छलफल हुने बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्