Logo

भेरी हत्याकाण्डका संदीग्ध को को पक्राउ (सुचीसहित)



रुकुम, १४ जेठ । रुकुम पश्चिममा भएको हत्याकाण्डमा पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न भएका भनिएका ८ जना फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामा चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष समेत छन् । घटनामा सिंगो गाउँ नै मुछिएको छ । घटनासँग सम्बन्धित १७ वर्षीया युवती र उनका परिवारका सदस्य समेत पक्राउ परेका छन् ।

१० जेठको शनिबार प्रेमिकालाई बिहे गरी ल्याउने भन्दै घरमै पुगेका नवराज विकसहितको समुहलाई चौरजहारी ८ का गाउँलेले लखेटेर कुटेपछि भेरीमा हामफालेका थिए । प्रहरीको प्रराम्भिक अनुसन्धानबाट भेरीमा हामफालेकालाई ढुंगा वर्षाउन थालेपछि छ जना नदीमा वेपत्ता भएका थिए । ३ जनाको शव फेला परेपछि ३ जना अझै भेटिएका छैनन् । सँगै गएका केही व्यक्तिले नदी तरेर ज्यान जोगाएका थिए ।

पक्राउ परेकाहरुः चौरजहारी ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित स्थानीय डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल, प्रकाश मल्ल, सन्तोष मल्ल, मोहन पुन मगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोमबहादुर मल्ल र १७ वर्षीया किशोरी

मृतकः जाजरकोट भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका १ का टीकाराम नेपाली

वेपत्ताः भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा ४ का सञ्जु विक



प्रतिक्रिया दिनुहोस्