Logo

कोरोना, एचआइभी र डेंगुको भाइरसको एउटै औषधी बन्दै



एजेन्सी, १४ जेठ । सँसारभर महामारी बनेको कोरोना भाइरसले भयावह अवस्था बनाइसकेको छ । त्यसअघि नै पत्ता लागेको एचआइभी अर्को प्राणघातक रोग हो । यी दुवैको औषधी पत्ता लागेको छैन । लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगको पनि खोप पत्ता लागेको छैन । तीनवटै रोगको एउटै औषधी बनाउन वैज्ञानिकहरु लागिपरेको खुलेको छ ।

अमेरिका र चीनका वैज्ञानिकहरुले एउटै औषधीबाट तीन बटा खतरनाक भाइरसलाई निष्क्रिय गर्न सक्ने औषधी निर्माणको अनुसन्धान गरिरहेका छन् । अनुसन्धानकर्ताहरुले यसमा सफलता हासिल गर्न सक्ने आशा गरेका छन् । अनुसन्धान सफल भएमा उक्त औषधीमा पाइने ब्राँड स्पेक्ट्रम लिपेसको मद्दतले भाइरसलाई निष्क्रिय गर्न सक्ने जनाइएको छ । संक्रमित शरीरमा औषधीले जीवाणु स्रावित पोटीनको विकास गरेर भाइरसलाई निष्क्रिय बनाउन सक्ने दाबी अनुसन्धाकर्ताको रहेको छ ।

कोरोना भाइरसको खोप निर्माणमा लागिरहेको रकम र लामो क्लीनीकल परिक्षणलाई औषधी निर्माण भएपछि आवश्यक नरहेको जनाइएको छ । ब्रोँड स्पेक्ट्रम एन्टीभाइरल औषधी घातक रोगविरुद्व लड्न प्रभावकारी हुन वैज्ञानिकहरुले विश्वास व्यक्त गरेका छन् । ब्रोँड स्पेक्ट्रम अनुसन्धानकर्ताहरुले लामखुट्टेको पेटबाट पत्ता लगाएको जनाइएको छ ।

लामखुट्टेको पेटको ब्रोँड स्पेक्ट्रम विषयलाई अनुसन्धान गर्ने क्रममा त्यसबाट निस्केको प्रोटीनले लिपेस नामको एन्टीभाइरल उत्पादन गर्ने गर्दछ । जसले कोरोना भाइरस, डेंगु र एचआईभीको प्रभावलाई निष्क्रिय पार्न सक्ने वैज्ञानिहरुको दाबी रहेको छ । उक्त औषधी भने अहिले अनुसन्धानको क्रममा रहेको छ । वेज्ञानिकहरुले औषधीको साकारात्मक सन्देश दिएका छन् । Photo Source : Global Times



प्रतिक्रिया दिनुहोस्