Logo

थप ११४ जनामा कोरोनाको संक्रमण, कुल संक्रमितको संख्या ८८६ पुग्यो



काठमाडौं, १४ जेठ । नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ । जसमध्ये ७९६ जना पुरुष र ९० जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा विकास देवकोटाले यो जानकारी गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्