Logo

बाल सचेतना केन्द्र नेपाल, बौद्धद्धारा लकडाउन अवधिभर राहत तथा उद्दार कार्यक्रम संचालन गर्ने घोषणा (विज्ञप्तीसहित)



काठमाडौं, १४ जेठ । बाल सचेतना केन्द्र नेपाल, बौद्ध, काठमाडौँले लकडाउनका कारण अप्ठ्यारोमा परेका विपन्न, गरिब, असहाय, अपाङ्ग, अनाथ बालबालिका र दयनीय अवस्था भएकाहरुलाई खाद्यान्न, लत्ताकपडा, औषधोपचार गर्दै आईरहेको छ । आगामी दिनमा पनियो कार्यलाई जारी राख्ने उसले जनाएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संस्थाले यस्तो जानकारी गराएको हो ।

उक्त संस्थाद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘हाल कोरोना भाइरस (कोविद–१९) विश्व महामारीको रुपमा फैलीदै गएको अवस्थालाई मध्य नजर गर्दै नेपाल सरकारले गरेको लकडाउनको अवस्थामा असहाय, अनाथ, बालबालिका, विपन्न परिवार दैनिक ज्याला मजदुरी गर्नेहरुलाई खाद्यान्न विभिन्न स्थानमा थली, डाची, बौद्ध, जोरपाटी, चाबहील, सिफल, स्वयम्भु, असन, सोह«खुट्टे सबै स्थान गरेर ९३० परिवारलाई दाल, चामल, तेल, चिउरा, साथै स्वास्थ्य उपचारका लागि उपचार खर्च हालसम्म उपलब्ध गराउदै आइरहेका छौं । कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि फैलदै गइरहेको अवस्थालाई मध्यनजर गर्दै तत्काल थप लकडाउन अवधिभर राहत तथा उद्दार कार्यक्रम संचालन गर्न लागिएको कुरा यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउदछौं ।’

बाल सचेतना केन्द्र नेपालका सदस्य रविन्द्र बहादुर दहालको संयोजकमा बाल सचेतना आपतकालिन उपसमिती समेत खडा गरिएको जानकारी दिईएको छ । उक्त समितिमा १५ जना सदस्य रहेको र सोहीअनुसा टोली परिचालन गर्ने र सम्बन्धीत निकायसँग समन्वय गरि प्रचार प्रसार गर्ने गराउने देश विदेशमा रहेका सहयोगी संघ/संस्था साथै समाज सेवी सहयोगी हातहरुसँग सहयोग र सहकार्य गरिरहेको पनि संस्थाले जनाएको छ ।

मितिः २०७७।०२।१५
प्रेस विज्ञप्ती
संस्थाको परिचयः

यस बाल सचेतना केन्द्र नेपाल २०६८ सालमा बिधिवत रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई स्थापना कालदेखि नै गरिब, असहाय, अपाङ्ग, अनाथ बाल बालिका दयनीय अवस्थाहरुलाई मध्य नजर गर्दै शिक्षा, स्वास्थ्य, सचेतना जस्ता कार्य गर्दै र जेष्ठ नागरीकहरुलाई जेष्ठ नागरिक सम्मान औषधी उपचार र युवा युवतीहरुलाई सिप मुलक कार्यक्रम साथै घरेलु हिंसा सम्बन्धि जनचेतना तथा उद्दार, गरिब, विपन्न र विभिन्न वर्ग क्षेत्रका समुदायहरुलाई ल्याव सहितको स्वास्थ्य सिविर सञ्चालन गरी निःसुल्क औषधी उपचार जस्ता मानविय कार्य गर्दै सचेतना मुलक बिविध रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुरा अवगत गराउदछौं ।

हाल कोरोना भाइरस (कोविद–१९) विश्व महामारीको रुपमा फैलीदै गएको अवस्थालाई मध्य नजर गर्दै नेपाल सरकारले गरेको लकडाउनको अवस्थामा असहाय, अनाथ, बाल बालिका, विपन्न परीवार दैनिक ज्याला मज्दुरी गर्नेहरुलाई खाद्यान्न विभिन्न स्थानमा थली, डाची, बौद्ध, जोरपाटी, चाबहील, सिफल, सोयम्भु, असन, सोरखुट्टे सबै स्थान गरेर ९३० परीवारलाई दाल, चामल, तेल, चिउरा, साथै स्वास्थ्य उपचारका लागि उपचार खर्च हालसम्म उपलब्ध गराउदै आइरहेकाछौं । कोरोना भाइरस (कोविद–१९) नेपालमा पनि फैलदै गइरहेको अवस्थालाई मध्यनजर गर्दै तत्काल थप लकडाउन अवधिभर राहत तथा उद्दार कार्यक्रम संचालन गर्न लागिएको कुरा यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउदछौं ।

संस्थाले आपत विपतमा परेको खण्डमा साथै उद्दार कार्यका लागि पूर्व तयारीका भावी कार्ययोजना

प्राकृतिक प्रकोप दैविक प्रकोप साथै विभिन्न महामारी परेको खण्डमा उद्दार साथै स्वास्थ्य सम्बन्धी अनि खाद्यान्य सम्बन्धी र लता कपडा सम्बन्धी सहयोग जुटाई सम्बन्धीत निकायसँग समन्वय गर्दै बाल बालिका, जेष्ठ नागरीक, एकल महिला, विपन्न परिवार साथै दैनिक अवस्था कमजोर भएकाहरुका निमित्त सेवा सहयोग उद्दार गर्ने कार्यक्रम भएकोले यस पूर्व तयारी कार्यक्रमको व्यवस्था र यस कार्यक्रमलाई हरेक प्रदेश, हरेक वडाहरुमा स्वयम सेवक सदस्य टिम तयारी गर्दै लैजाने हेतुका साथ बाल सचेतना केन्द्र नेपालका सदस्य श्री रविन्द्र बहादुर दहालको संयोजकमा बाल सचेतना आपत कालिन उपसमिती खडा गरि १५ जना सदस्य टोली परिचालन गर्ने र सम्बन्धीत निकायसँग समन्वय गरि प्रचार प्रसार गर्ने गराउने देश विदेशमा रहेका सहयोगी संघ–संस्था साथै समाज सेवी सहयोगी हातहरुसँग सहयोग र सहकार्य गरि लक्षीत उद्देस्य सम्पन्न गर्नका लागी सहयोगी हातहरुले हाम्रो यस अभियानलाई आ(आफ्नो ठाउबाट जे सक्नु हुन्छ जस्तो सक्नुहून्छ यस बाल सचेतना केन्द्र नेपालको खाता रहेको राष्ट्रिय बाणिज्य बंैक साखा कार्यालय नयाँ बानेस्वरमा रहेको चल्ती खाता नं.१४२००००३३८२०१ मा जम्मा गराई वा यस संस्थाका अध्यक्ष श्री बाबुराम फुयालको मोबाइल नं. ९८५११२२५१६ मा वा यस संस्थाका कोषाध्यक्ष श्रीमती सर्मीला उप्रेतीको मोबाइल नं. ९८४३०७२८१६ साथै यस उपसमितीका संयोजक श्री रविन्द्र बहादुर दहालको मोबाइल नं. ९८४३०१५१११ मा सम्पर्क गरि सहयोग उपलब्ध गराउन हार्दिक अनुरोध गर्दछौ साथै यस संस्थाको ईमेल [email protected] मा मेल गर्न सक्नुहुनेछ साथै हाललाई काठमाडौँ उपत्यका भित्र आई परेका आपत विपत उद्दारका लागि यस संस्थालाई सम्पर्क गर्न अनुरोध गर्दछौ र गर्नेछौ आशा छ सबै नेपाली दाजुभाइहरुले सकेको मन वचन कर्मले यस अभियानलाई सहयोग गर्न हुनेछ भने हार्दिक आहवान गर्दछौ । आवस्यक्ता अनुसार उपत्यका बाहिर पनि सहकार्य र उद्दार गर्दै लैजाने यहाहरु समक्ष प्रतिवद्धता जहिर गर्दछौ । सबैको सहयोग रहोस भन्ने पशुपतीनाथसँग प्राथना गर्दछौ ।

बाबुराम फुयाल

अध्यक्ष,
बाल सचेतना केन्द्र नेपाल, बौद्ध, काठमाडौँ
मोबाइल नं. ९८५११२२५१६,९८४३०७२८१६, ९८४३०१५१११, ९८५१०८०४१७
ईमेल : [email protected]



प्रतिक्रिया दिनुहोस्