Logo

लागूऔषध र नगद सहित पक्राउ



सुनसरी, १४ जेठ । लागूऔषध र नगद सहित शुभचन्द्र राई मंगलबार दिउँसो पक्राउ परेका छन् । धरान उपमहानगरपालिका बगैंचाटोलका राईलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन प्लस १ हजार २ सय ८० क्याप्सुल, नाईट्रोसन ३ सय ट्याब्लेट, एकसय एमएलको डाईलेक्स डिसी ८० बोतल र नगद २ लाख ३७ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट अनुसन्धानको लागि खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध र नगद फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्