Logo

अफिम खेती नष्ट



रुकुम(पूर्व), १४ जेठ । अवैध रुपमा लगाएको अफिम खेती मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ । पुथाउत्तरगंगा गाउँपालिका काँडास्थित अन्दाजी ३ रोपनी क्षेत्रफलमा अवैध रुपमा लगाएको अफिम खेती नष्ट गरेको हो । प्रहरी चौकी जाङबाट खटिएको प्रहरीले उक्त अफिम खेती फडान गरी नष्ट गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्