Logo

हाँस्यकलाकार किरण केसीको आँखाले के के देख्यो देख्यो



काठमाडौ, १४ जेठ । नेपालकै चर्चित हास्यकलाकार हुन् किरण केसी । उनी हाँस्य कलाकारीतासँगै समाज सेवामा पनि सक्रिय छन् । राता मकैका नामले परिचित केसीले कोरोना भाइरसले नेपाल लकडाउनमा भएको समयमा केही नगरपालिकालाई खाद्यान्यको साथै अन्य सामाग्री पनि वितरण गरेका थिए ।

किरण केसीले अभिनय गरेको पहिलो टेलिफिल्म ‘मह’को ‘१५ गते’ हो भने ‘सन्तान’ फिल्मबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । उनले आज सामाजिक घटनालाई व्यंग गर्दै फेसबुकमा निकै भावुक हुँदै लेखेका छन्, ‘ए राता मकै “ यो आँखाले केके देख्यो “ केके देखेन “

जनआन्दोलन मा दुबै पक्ष्यको गरी १७०००, जन्ताले ज्यान गुमायको पनी देख्यो २०५८ सालको दरबार हत्याकाण्ड पनी देख्यो २०६२–६३ मा जन आन्दोलन भयो र राजतन्त्र को अन्त्य भयको पनी देख्यो” २०६४ सालमा संबिधान सभाको पटक पटक समय थपेर, २०७० सालमा नया ‘संबिधान घोषणा गरेको पनी देख्यो “ २२ घण्टा सम्म लोडसेडिडस जन्ता हरूले खेपेको र , लोडसेडिडस हटेको पनी देख्यो, २०७२ सालमा ९ मैना नाकाबन्धी भयको पनी देख्यो, फेरी २०७२ सालमा बिनास्कारी भुकम्प गयको पनी देख्या २०७४ सालमा बामपंथी को बहुमत को सरकार पनी देख्यो २०७६ सालमा बिश्वमा नै विध्वंशकारी महामारी को रूपमा फैलीयको कोरोना भाईरस ले लाखौ को ज्यान लियको पनी देख्यो २०७७ सालमा नेपाल सरकारले नया‘ रजनैतिक नक्सा निकालेको पनी देख्यो स्स्स् तर .. ३३ किलो सुन काण्ड “ वाईडबडि प्रकरण “ बालुवाटार जग्गा प्रकरण “ ७० करोड काण्ड “ सान्सद अपहरण काण्ड “ काण्ड “ औसधी खरीद प्रकरण भुपू प्रहरी डिआईजी र सभामुख अनी सांसंद जेल गयको पनी देख्यो “ यो धेरै भन्दा धेरै काण्ड को कर्बाही भाको चाही देखीन बा‘ “ मलाई मात्र यस्तो भाको होकी, तपाई हरूलाई पनी ??’



प्रतिक्रिया दिनुहोस्