Logo

गुगलमा काम गर्छन् २ सय बाख्रा



सबैभन्दा सर्च इन्जिन कम्पनी गुगलमा बाख्रा पनि छन् । कम्पनीले करीब २ सय बाख्राहरुलाई कर्मचारीको जिम्मामा तलबको साथमा अन्य सुविधासहित राखेका छन् । यी २ सय बाख्राको काम चउरमा घास खाने हो ।

हप्ताको एकदिन यी बाख्राहरु चउरमा चर्न ल्याउने गर्छन् । उक्त समयमा घासको ट्रिमिङ हुनुको साथै बाख्राको पेट पनि भरिन्छ । गुगल आफैले बाख्राहरुलाई काम दिने ब्लकमा बताएको थियो । गुगलले मेशीनले घास काट्दा निस्कने धुवा र आवाजले वातावरणमा असर गर्ने र कर्मचारलिाई दुःख हुने भएकोले यस्तो उपाय गरेको बताएको छ । बाख्राहरुलाई गुगलले केही दिनको चर्ने ट्रेनिङ गराएको थियो । २००७ मा यो तरीका याहुले शुरु गरेको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्