Logo

नेहा कक्करको नाम को कोसँग जोडियो



काठमाडौ, १४ जेठ । भारतीय चर्चित गायिका हुन् नेहा कक्कर । उनलाई मन नपराउने बलिउडमा कोही छैन होला । उनले गाएका गीतहरु एकपछि अर्को गर्दै सफल भएका छन् । भारतको चर्चित शो ‘इन्डियन आइडल’ मा जर्ज भएकी नेहाको केही वर्ष अघि ४ वर्षे लामो प्रेमी अभिनेता हिमांश कोहेलीसँग प्रेम सम्बन्ध टुटेको थियो । मिठो स्वरकी धनी नेहाको नाम लोकप्रिय गायक आदित्य नारायण झासँग पछिल्लो समयमा जोडिदै आएको छ । सामाजिक सञ्जालमा सक्रिय नेहाले इन्स्टाग्राममा आकर्षक तस्वीर राख्दै लेखेकी छिन्, ‘यो समय फर्केर आउदैन, यी पलहरुलाई ममोरीयल बनाउनुहोस् । अर्को हप्ता मेरो जन्मदिन । ’  तस्वीर – इन्स्टाग्राम



प्रतिक्रिया दिनुहोस्