Logo

मृत घोषित गरी शवगृहमा राखिएका नवजात शिशु भोलिपल्टी जिउँदै



चीनमा मृत घोषित गरेपछि मुर्दा घरमा राखेको बच्चा भोलीपल्ट जीवित भएका छन् । बच्चालाई अन्तिम संस्कारको लागि लैजादै गर्दा अचानक बच्चा कराउन थालेको थियो ।

१५ घण्टासम्म शवगृहमा राखिएका थिए शिशु । त्यहाँको तापक्रम –१२ डिग्री सेल्सियस थियो । त्यसैले उनी पुनः सक्रिय भएको पत्ता लागेको छ ।

बच्चा जन्मेको २३ दिनसम्म अस्पतालमा राखिएको थियो । घरमा बच्चा लगेपछि स्वास्थ्य बिग्रेकाले पुनः अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले मृत घोषणा गरेसँगेै पिताले ठुलो झोलामा बेरेर बच्चालाई मुर्दाघरमा राखिदिएका थिए सायद त्यहि ठुलो झोलाले नै बच्चाको ज्यान बच्यो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्