Logo

३ वर्षको बच्चा १९ फिटको अंजिगरसँग खेले



धेरै बाबु आमाले आफ्ना बच्चाहरु किरा फट्याङ्ग्राबाट टाढा राख्ने गर्छन् तर क्यालिफोर्नियाका एरिक लीबलैकले आफ्नो बच्चालाई खेलौनाको लागि १९ फिटको अजिगंर दिएका छन् । उनका ३ वटा बच्चाहरु अंजिगंर खेलौना पाएर धेरै खुशी छन् । ३ वर्षकी इरिका, ४ वर्षको लैरी र ७ वर्षको कैटी यो अजिगरसँग कहिल्यै डराएनन् । सबैसँग खेल्दा कहिलेकाही रिसाउने भने गर्छन् ।

एरिकलाई अन्य मानिसहरुले कुकुर, बिरालो पालेको जस्तो पाल्न मन नभएकोले सर्प पालेका हुन् । उनी भन्छन् खर्च कम लाग्ने, डाक्टरकोमा लैजान पनि नपर्ने र बाहिर घुमाउन पनि लानु नपर्ने भएकोले सर्प पाल्न सजिलो छ । यसको खतरा धेरै भएपनि हेरविचार पु¥याएमा सर्पले हानी नपु¥याउने उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्