Logo

कुन प्रदेशमा कति संक्रमित ? यस्तो छ जिल्लागत विवरण



जेठ १४, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल १ लाख ५८ हजार ५ सय ६४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ५८ हजार २ सय ७७ जनाको पिसीआर परीक्षण र १ लाख २ सय ८७ को ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ८० वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट २ हजार ३ सय २० वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ५ हजार ९ सय वटा परीक्षण भएको छ ।

अहिलेसम्म प्रदेश एकमा ११२५२, प्रदेश दुईमा ६५६९, बागमति प्रदेशमा २४६८०, गण्डकी प्रदेशमा ७९५०, प्रदेश पाँचमा १७४३९, सुदूरपश्चिम प्रदेशमा २१ हजार ४५ र कर्णाली प्रदेशमा ११३५२ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा ७० हजार ३ सय ५ जना रहेका छन् । बागमति प्रदेशमा सबैभन्दा कम जम्मा १ हजार ३ सय ९८ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा धेरै प्रदेश पाँचमा करिब २६ हजार ७ सय २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

आइतबार साँझ ५ बजेसम्म प्रदेश एकमा ७३, प्रदेश दुईमा २२६, बागमति प्रदेशमा २७, गण्डकी प्रदेशमा ११, प्रदेश पाँचमा ३२५, कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । अहिले कूल ६ सय ९९ जनाको उपचार भइरहेको छ ।

बुधबारसम्म कोरोनाभाइरसको संक्रमण देशका ४७ जिल्लामा देखिएको छ।

कुन जिल्लामा कति संक्रमित ? हेर्नुहोस् विवरण

त्यसैगरी अहिलेसम्म १ सय ८३ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमध्ये प्रदेश एकमा ३०, प्रेदशमा दुईमा ९७, बागमति प्रदेशमा ११, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा ३८ र सुदुरपश्चिम प्रदेशमा ५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा २८ जना निको भएर घर फर्किएका हुन् ।



प्रतिक्रिया दिनुहोस्