Logo

‘क्राइम पेट्रोल’की अभिनेत्री, जसले सुसाइट नोट छाडेर गरिन् आत्महत्या



काठमाडौं, १४ जेठ । भारतको चर्चित ‘क्राइट पेट्रोल, लाल इश्क, मेरी दुर्गा’ जस्ता टेलिसिरियलमा काम गरिसकेकी कलाकार प्रेक्षा मेहत्ताले आत्महत्या गरेकी छन् । भारतीय समाचारमाध्यमका अनुसार उनले, सोमबार बेलुकी आफ्नै निवासमा आत्महत्या गरेकी हुन् ।

२५ वर्षीया यी चर्चित सिरियल अभिनेत्रीले आत्महत्या गर्नुअघि सुसाइड नोट समेत लेखेको भेटिएको छ् । उनले, आफ्ना सपनाहरु टुटेपछि आत्मविश्वास पनि हराएको लेखेकी छन् । जुन कुरा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अभिनेत्री प्रेक्षाले सुसाइट नोटमा लेखेकी छन्, ‘म मेरो मरिसकेका सपनाको साथमा बाँच्न सक्दिनँ । यस्तो नकारात्मक कुरालाई लिएर बाँच्न मुश्किल छ ।’ उनले आत्महत्या गर्दा उनका परिवारका सदस्यहरु घरमा तास खेलिरहेको बताइएको छ । तर, अभिनेत्री प्रेक्षा भने त्यो बेला एक्लै कोठमा बसिरहेकी थिइन् । करिब राति १० बजेतिर आफ्नो कोठामा पुगेपछि प्रेक्षाले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेकी थिइन्, ‘मानिसको सपना मर्न थाल्नु नै सबै भन्दा खराब समय हो ।

’ उनी मंगलबार बिहान कोठको सिलिङमा रहेको पंखामा झुण्डिएको अवस्थामा भेटिएको परिवारका सदस्यलाई उदृत गर्दै प्रहरीले जनाएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न देशमा भएको लकडाउनका कारण उनी मुम्बईबाट आफ्नो घर पुगेकी थिइन् । पछिल्लो एक बर्षदेखि काम नपाएका कारण प्रेक्षा डिप्रेशनमा रहेको भारतीय मिडियाले बताएका छन् । दृष्टि बाट        एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्