Logo

ललितपुरमा कोरोना संक्रमणबाट एकजनाको निधन, मृत्यु हुनेको संख्या ५ पुग्यो



काठमाडौं, १४ जेठ । ललितपुरमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ । ललितपुरको किस्ट अस्पतालमा रहेका एक पुरुषको कोरोना संक्रमणका कारण आज (बुधबार) निधन भएको ललितपुरका एसएसपी टेकबहादुर राईले रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ईश्वर कार्कीलाई जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्य हुनेको संख्या ५ पुगेको छ । मृत्तक ललितपुर महानगरपालिका वडा नम्बर २२ का स्थायी वासिन्दा हुन् । उनी कलेजोको रोगबाट ग्रसित थिए ।



प्रतिक्रिया दिनुहोस्